
अन्य खेलहरूमा, लिभरपूलले वोल्भ्सलाई २-१ ले हरायो, जबकि ब्राइटनले चेल्सीलाई ३-० ले पराजित गर्यो। एस्टन भिल्ला र इप्सविचको खेल १-१ को बराबरीमा समाप्त भयो। क्रिस्टल प्यालेसले एभर्टनसँग १-२ ले हार व्यहोरेको छ। फुलह्यामले नटिंघम फरेस्टलाई २-१ ले हरायो भने लेस्टर सिटीले आर्सनलसँग ०-२ को हार स्वीकार गर्यो। म्यानचेस्टर सिटीले न्यु क्यासललाई ४-० ले हरायो भने साउथम्प्टनले बर्नमाउथसँग १-३ को हार व्यहोरेको छ।
लिगको तालिकामा लिभरपूल ६० अंकका साथ शीर्ष स्थानमा छ, जबकि आर्सनल ५३ अंकका साथ दोस्रो स्थानमा छ। नटिंघम फरेस्ट तेस्रो स्थानमा छ भने म्यानचेस्टर सिटी चौथो स्थानमा छ। युनाइटेडको नयाँ प्रशिक्षक रुबेन अमोरिमको नेतृत्वमा टोलीले १४ खेलमा मात्र चार जित हासिल गरेको छ।
#EnglishPremierLeague,#TottenhamWin,#JamesMaddison,#LiverpoolVictory,#ManchesterUnited