
नेपालका लागि आरिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै ८४ रनको योगदान दिए, जसमा उनले ८५ बलमा सात चौका र दुई छक्का प्रहार गरे। भीम सार्की र कप्तान रोहितकुमार पौडेलले समान ३५-३५ रन बनाए, जबकि कुशल भुर्तेलले १८, दीपेन्द्रसिंह ऐरीले १६, बसिर अहमद र करण केसीले समान ११-११ तथा नन्दन यादवले १० रन बनाएका थिए। सन्दीप लामिछानेले दुई रन जोड्दै आउट भए।
नेदरल्यान्ड्सका पउल भान मिकेरनले चार विकेट लिए भने माइकल लेभिटले तीन र आर्यन दत्तले एक विकेट लिए। अहिले नेदरल्यान्ड्स जवाफी ब्याटिङमा छ। यसैबीच, नेपालले साफ यु-२० महिला च्याम्पियनसिपमा श्रीलंकालाई ७-० गोलले हराउँदै शीर्ष स्थानमा रहेको छ।
साफ यु-२० महिला च्याम्पियनसिपमा नेपालले तेस्रो जित निकालेको छ।
#NepalCricket,#Netherlands,#ODI,#Forthill,#CricketWorldCup